५ जेष्ठ २०८१, शनिबार

कृष्ण कार्की नियुक्त नेप्सेको सीइओमा

118242141 701247957270115 1563532825547407572 n scaled

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पाल्पाका कृष्ण कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।

सर्वोत्तम सिमेन्टको सेयरको आन्तरिक कारोबारकाे विवादमा मुछिएपछि चन्द्रसिंह साउदले गत भदौ ८ गते नेप्सेको सीईओबाट राजीनामा दिएका थिए । उक्त रिक्त रहेको पदमा कार्कीसहित डा. केशव श्रेष्ठ र रमेश भण्डारी सीईओको दौडमा थिए। अन्ततः भण्डारी र श्रेष्ठलाई पछि पार्दै कार्की नेप्सेको सीईओ बन्न सफल भएका हुन्।

पाल्पा रिब्दीकोट -७ का कार्कीले अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।