११ बैशाख २०८१, मंगलवार

बिहान १० बजे कर्णाली प्रदेशसभाकाे बैठक बस्दै

karnali pradesh sava karnali pradesh

कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठक आज बिहान १० बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयले साेमवार विशेष कारण देखाउँदै हिजाे बाेलाइएकाे बैठक स्थगन गरी आज (मंगलवार) बिहान १० बजेका लागि बाेलाएकाे हाे ।

बैठक हिजाे दिउँसो १० बजे बोलाइएको थियो । माघ १६ गते बसेको प्रदेशसभाको तेस्रो बैठकमा नेकपा (एमाले)ले बजेट वितरणमा देखिएका समस्या समाधान, पूर्वाधार विशेष कार्यक्रम कार्यविधि संशोधन गर्नुपर्नेलगायत माग गरेको थियो ।

यस विषयमा तीन दल नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीचको सहमति जुट्न नसक्दा बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कर्णालीमा सदनको गतिरोध अन्त्य गर्न र एमालेले बजेटमा देखाएका समस्या समाधानका लागि पूर्व कानुनमन्त्री नरेश भण्डारी संयोजकत्वको तीन सदस्यीय कार्यदल पनि गठन गरिएको छ । जसमा एमालेका प्रमुख सचेतक गुलाबजङ्ग शाह र नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा दलका नेता चन्द्रबहादुर शाही सदस्य रहनुभएको छ ।