१६ चैत्र २०८०, शुक्रबार

यस्ता घटना भएका थिए आजको दिन विश्व इतिहासमा

world history

आज फेब्रुअरी १ । आजको दिन विश्व इतिहासमा थुप्रै घटनाहरु भएका छन । त्यसमध्ये केही प्रमुख घटनाहरु आजको स्तम्भमा प्रस्तुत छन ।

पहिलो विश्वयुद्धः

पहिलो विश्वयुद्ध अन्तर्गत सन् १७९३ फेब्रेअरी १ मा फ्रान्सले बेलायत र होल्याडविरुद्ध युद्ध घोषणा गरेको थियो।

अक्सफोर्डको पहिलो संस्करण प्रकाशनः

आजैका दिन सन् १८८४ मा अंग्रेजी शब्दकोशको सबैभन्दा ठूलो र चर्चित शब्दकोष अक्सफोर्ड पहिलो संस्करण प्रकाशित भएको थियो।

आणविक बम विष्फोटको टेलिभिजनमा प्रत्यक्ष प्रसारणः

सन् १९५१ मा आजैका दिन आणविक बम विष्फोटको पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरेका थिए।

इजिप्ट र सिरियाबीच एकीकरणः

सन् १९५८ अर्थात ६४ वर्ष अगाडि आजैका दिन इजिप्ट र सिरियाबीच एकीकरण भएर संयुक्त अरब गणतन्त्र बनेको थियो। पछि सन् १९६१ मा सिरिया त्यसबाट अलग भएको थियो। यद्यपि सन् १९७१ सम्म इजिप्ट संयुक्त अरब गणतन्त्रकै रुपमा परिचित थियो। त्यसपछि भने इजिप्टले आफ्नो पुरानै नाम राखेको थियो।

कोलम्बिया अन्तरिक्ष यान विष्फोटः

सन् २००३ मा नासाले प्रक्षेपण गरेको कोलम्बिया नामको अन्तरिक्ष यान विष्फोट भएको थियो। वायुमण्डलमा फेरि प्रवेश गर्दा विस्फोट भएको सो यानमा सवार सातजना अन्तरिक्ष यात्रीको मृत्यु भएको थियो।

धुम्रपान निषेधको नियमः

सन् २००७ मा फ्रान्सले कार्यस्थल धुम्रपान गर्न नपाइने नियम लागू गरेको थियो। त्यसपछि फ्रान्सका विमानस्थल, रेलवे स्टेशन, अस्पताल, विद्यालय, पसल वा कार्यालयमा धुम्रपान गरेमा जरिवाना लिने व्यवस्था लागू गरेको थियो।

अलकायदा विद्रोहीद्वारा आत्मघाती बम आक्रमणः

सन् २००८ मा आजैका दिन इराकको राजधानी बग्दादमा अलकायदा विद्रोहीले आत्मघाती बम आक्रमण गरेका थिए। सो आक्रमणमा ९० जनाको मृत्यु भएको थियो।

अन्तरिक्षमा मानिस लैजाने योजना रद्धः

सन् २०११ मा आजैका दिन तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले चन्द्रमामा मानिस लैजाने नासाको महत्वाकांक्षी योजना रद्द गरिदिएका थिए। सो परियोजना निकै महँगो भएकाले सन् २०११ को बजेटमा चन्द्रमामा मानिस लैजाने नासाको योजना ओबामाले रद्द गरेका हुन्।

महिलाद्वारा आत्मघाती बम विष्फोटः

सन् २०१० मा आजैका दिन इराकको सिया सहरमा एक महिलाले आत्मघाती बम विष्फोट गराउँदा ४१ जनाको मृत्यु भएको थियो। सो आक्रमणमा धेरै महिला र बालबालिकाको मृत्यु भएको थियो।

आणविक हात हतियार उत्पादनमा रोकः

सन् २०१९ मा आजैका दिन अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले रसायनिक तथा आणविक हात हतियार उत्पादन रोक्न गरिएको रेन्ज न्युक्लियर फोर्सेस सन्धिबाट बाहिरिने घोषणा गरेका थिए। सम्भावित युद्धका लागि आणविक हात हतियार उत्पादनमा रुसलाई रोक्न नसकेपछि ट्रम्प आफैले बाहिरिने घोषणा गरेका थिए।