७ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट थप आठ जनाको निधन, ५२९२ संक्रमित थपिँदा ८१९१ संक्रमणमुक्त

corona insurance

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमित थएिका छन् भने आठ जनाको निधन भएको छ ।

१० हजार ३ सय ६८ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ४ सय ७२ थपिएका हुन् । यस्तै ५ हजार ७ सय २० जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ८ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै १ हजार ७ सय २२ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार ३ सय ६१, भक्तपुरमा ९० र ललितपुरमा २ सय ७१ संंक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा ४७ हजार ४०७ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३२ हजार १७ जना , ललितपुरमा ९ हजार ९०७ र भक्तपुरमा ५ हजार ४८३ सक्रिय संक्रमित छन् ।

बाग्मती प्रदेशमा २ हजार ४ सय ४६ संक्रमित थपिदा मधेश प्रदेशमा सबैभन्दा कम ७२ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार १ सय ९१ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर ७९ हजार २ सय ७२ जना कोरोनाका सक्रिय संक्रमित छन् । ३ लाख ६६ हजार ६ सय ३ ले कोरोना विरुद्धको खोप लगाएका छन् ।