८ बैशाख २०८१, शनिबार

पसल फुटाई मोबाइल चोरी गर्ने पाँच जना पक्राउ

chori bara 1024x783 1

बारामा पसल फुटाई मोबाइल चोरी गर्ने पाँच जना पक्राउ परेका छन् ।

बारा प्रसौनी गाउँपालिका वडा न.२ स्थित रहेको शुभ श्री मोबाइल पसल फुटाई पसलमा रहेको विभिन्न कम्पनीको मोबाइलहरू उनीहरूले चोरी गरेका थिए ।

विशेष सूचनाको आधारमा प्रहरीले चोरीमा संलग्न रहेका मानिसहरू र चोरी भएको मालसामान बरामद गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूमाथि डाँका चोरी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।