६ बैशाख २०८१, बिहीबार

एक भएर सहिदका सपना साकार पार्न लाग्नुपर्छ : उपराष्ट्रपति

Nanda Bahadur Pun Pashang left review online

उपराष्ट्रपति नन्दबहादुर पुनले सहिको सपना साकार पार्न सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।

सहिदिवस २०७८ का अवसरमा आज सन्देश दिँदै उहाँले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेका तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेकाले शहीदका सपना पूरा गर्न सबैको ध्यानाकर्षण गराउनुभयो ।

प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय सहिदहरुलाई जाने उल्लेख गर्दै उपराष्ट्रपतिले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिने सहिदको योगदानको उच्च मूल्याङ्कन गर्दै सहिद परिवारजनमा सम्मान व्यक्त गर्नुभएको छ ।

सहिहरुको बलिदानी सबै नेपाली जनतालाई अधिकार सम्पन्न, सुखी, खुसी र समृद्ध बनाउँदै शान्त, समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि थिए भन्दै उहाँले शहीदहरुको बलिदानीबाट प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता उपलब्धिहरूलाई संस्थागत गरेको संविधानको संरक्षण र पूर्ण पालन गर्नु सबैको दायित्व भएको स्मरण गराउनुभएको छ ।