२६ बैशाख २०८१, बुधबार

भारतको काश्मीरमा प्रहरी र आतङ्कवादीबीच भएको झडपमा ५ जनाको निधन

kashmir

भारतको काश्मीरमा प्रहरी र आतङ्कवादी समूहबीच भएको झडपमा ५ जनाको निधन भएको छ ।

काश्मीर क्षेत्रीय प्रहरीका अनुसार गएराति अबेरसम्म भएको झडपको क्रममा ५ जना आतङ्कवादीको निधन भएको हो ।

प्रहरीले गरेको ट्वीटमा पाकिस्तान प्रायोजिक आतङ्कवादी सङ्गठन लश्कर–ए–तोयबा र जैश–ए–मुहम्मदका ५ जनाको निधन भएको हो ।

मारिएका आतङ्कवादीमध्ये जैश–ए–मोहम्मदका कमान्डर जाहिद वानी र अन्य पाकिस्तानी चरमपन्थी रहेको पनि प्रहरीले जनाएको छ ।