११ बैशाख २०८१, मंगलवार

लोकतान्त्रिक मुल्य अनुरुप निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिवद्धः प्रचण्ड

prachanda IRyjsLNp44
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले लोकतान्त्रिक मुल्य अनुरुप निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिवद्ध रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मुल्य अनुरुप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलिय गठबन्धन प्रतिबद्ध छ।’

पाँच दलीय गठबन्धनले कानूनविद्सँग शनिवार साँझ छलफल पश्चात सामाजिक सञ्जालमा उनले यस्तो बताएका हुन् । बैठकमा भएका छलफल पश्चात निर्णयहरु सार्वजनिक गर्दै उनले संविधानसँग बाझिएका निर्वाचन कानुन / ऎनलाई आवश्यक संशोधन गर्नको लागि सरकारलाई सुझाव दिने निर्णय भएको पनि जानकारी दिएका छन् ।

उनका अनुसार आजको बैठकमा स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र सम्पन्न गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिने निर्णय भएको छ ।

p