८ बैशाख २०८१, शनिबार

सामान्यतया सफा रहने आज मौसम, उपत्यकाको तापक्रम ३ दशमलव २ डिग्री मापन

weather aajko mausam

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर मौसम बदली रहने जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण आज पनि देशभर मौसम बदली रहने छ । हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका तराईका भू–भागमा हुस्सु÷कुहिरो लागेको महाशाखाले जनाएको छ।

केही दिनयता धुम्म रहेको मौसममा आज भने सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम पनि सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभाग लगायत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसैबीच, आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ३ दशमलव २ डिग्री मापन गरिएको छ । मौसममा सुधार भएपनि काठमाडौंमा भने चिसो अत्यधिक बढेको महाशाखाले जनाएको छ ।