१३ बैशाख २०८१, बिहीबार

नेपालमा थप तीनजनामा कोरोना संक्रमण

corona nepal

नेपालमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। स्वास्थ्य मन्त्रालयले आफ्नो फेसबुक पेजमा केही बेरअघि सार्वजनिक गरेको विवरण अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीया महिलामा कोभिड-१९ देखिएको हो।

भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, कैलालीको ३४ वर्षीय महिला मा संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कैलालीको ३४ वर्षीय महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको बताईएको छ ।

पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितमध्ये एकजना उपचारपछि निको भएर घर फर्केका छन् । अरुको उपचार भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ५९ हजार २४५ जनाको मृत्यु भएको छ भने ११ लाख १९ हजार ७ सय २३ जनामा संक्रमण देखिएको छ ।

बिहिबार भेटिएका पोजेटिभ भएका व्यक्ति आर ६५२ फ्लाईटबाट चैत्र ४ गते नेपाल आएका थिए ।

यसअघि सोहि फ्लाईटमा आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो । हाल उनीहरुको आईसोलेसनमा राखेर उपचार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालमा जम्मा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये एकजना उपचारपछि घर फर्किएका छन् भने पाँच जनाको विशेष निगरानीमा उपचार भइरहेको छ ।आज भेटिएकाको स्वाब पुन परिक्षणका लागि पठाइएको छ । सरकारले कोरोना संक्रमण नफैलियोस् भनेर १२ दिनयता लकडाउन गगरेको छ ।

६ जना कोरोना संक्रमित नेपाली, को कहाँ बाट आएका थिए ?

पहिलो संक्रमित : चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो

दोस्रो संक्रमित : फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको

तेस्रो संक्रमित : युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको

चौंथो संक्रमित : युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको

पाचौं संक्रमित : बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको

छैठौं संक्रमित : कतार हुँदै फर्किएकी बाग्लुङकी महिलाको २० चैत्रमा पत्ता लागेको