७ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट १० दश जनाको मृत्यु, ६,८२७ संक्रमित थपिँदा ५४३२ संक्रमणमुक्त

corona hotwater

आज १० वर्ष मुनीका ९३ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाबाट सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका १ हजार ४ सय ५७ जना संक्रमित भएका छन् भने ३१ देखि ४० वर्ष उमेर समूहका १ हजार २ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

छ हजार ८२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १९ हजार ८६९ परीक्षण गर्दा छ हजार ८२७ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ हजार ९४१ पुगेको छ ।

गएको २४ घण्टामा ५ हजार ४ सय ३२ जना कोरोना सङ्क्रमणलाई जितेर घर फर्किएका छन् ।

आज थप १० जना सङ्क्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ११ हजार ६ सय ९७ पुगेको छ ।

देशभरका होम तथा संस्थागत आइसोलेसनमा ८९ हजार ९ सय ४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।