१२ बैशाख २०८१, बुधबार

अपहरित युवक हस्तान्तरण

indian.jpg

चीनले भारतलाई अरुणाचलका अपहरित युवक हस्तान्तरण गरेको छ । भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल प्रदेशका मिराम तारोनलाई भारतीय सेनालाई बुझाएको जानकारी दिनुभएकाे हाे।

मन्त्री रिजिजूले मिराम तारोनको मेडिकल परीक्षणसहित अन्य प्रक्रिया पालना गरिएको बताउनु भयाे ।

अरुणाचल प्रदेशका १७ वर्षीय अपर सियांग जिल्लाको जिदो गाउँमा बस्ने गर्नुहुन्छ । उहाँ गत १७ जनवरीदेखि बेपत्ता हुनुहुन्थ्याे ।

उहाँलाई चिनियाँ सेनाले अपहरण गरेको समाचार भारतीय मिडियामा आएका थिए । अपर बेपत्ता भएको समाचार सार्वजनिक भएपछि कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्नुभएकाे थियाे ।