७ बैशाख २०८१, शुक्रबार

वर्षौंपछि सफाइ पाएकी शिल्पाको घटना के थियो ?

89108503

हलिउड अभिनेता रिचर्ड गेरेले सार्वजनिक स्थानमा चुम्बन गरेको मुद्दाबाट अभिनेत्री शिल्पा शेट्टीलाई राहत मिलेको छ । गेरेले चुम्बन गरेपछि शिल्पामाथि सार्वजनिक स्थानमा अश्लीलता फैलाएको आरोप लागेको थियो । वर्षौंपछि यो आरोपबाट अदालतले शिल्पालाई सफाइ दिएको हो ।

अदालतले गत जनवरी १८ मा शिल्पालाई यो मुद्दामा सफाइ दिएको हो । सफाइको विषयमा अदालतले सोमबार विस्तृत आदेशसमेत जारी गरेको थियो । सन् २००७ मा राजस्थानमा भएको घटनापछि अश्लीलता फैलाएको आरोपमा शिल्पाविरुद्ध राजस्थानमा दुई र गाजियावादमा एउटा मुद्दा दर्ता भएको थियो । यसपछि शिल्पाले मुद्दालाई मुम्बईमा ट्रान्सफर गर्न याचिका दायर गर्नुभयो । उहाँको याचिका सर्वोच्च अदालतले २०१७ मा स्वीकृत गरेको थियो ।

रिचर्ड गेरेले २००७ को एक एड्स सचेतना कार्यक्रममा शिल्पा शेट्टीलाई बारम्बार चुम्बन गरेका थिए । कार्यक्रममा त्यो घटनाले विवाद निम्त्याएको थियो । यस विषयमा अप्रिल २००७ मा राजस्थानको एक अदालतले शेट्टी र गेरेको गिरफ्तारीको लागि वारेन्टसमेत जारी गरेको थियो ।

c82f9c87211706b0bf4b79e74a4946461643247498