४ बैशाख २०८१, मंगलवार

८ हजार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि, १५ जनाको निधन

corona insurance

देशभर आज थप ८ हजार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

कुल २१ हजार ८ सय ८ नमुनाको परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौँमा २ हजार ४ सय २, ललितपुरमा ५ सय २१ र भक्तपुरमा २ सय २० गरी काठमाडौँ उपत्यकामा ३ हजार एक सय ४३ सङ्क्रमित थपिएका छन् ।

आज ५ हजार २ सय ९२ सङ्क्रमित निको भएका छन् । हालसम्म कुल संक्रमित मध्ये ८९ दशमलव १ प्रतिशत निको भएका छन् । कोरोना सङ्क्रमणका कारण आज थप १५ जनाको निधन भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या ११ हजार ६ सय ८७ पुगेको छ ।

हाल देशभर ९० हजार ५ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् । हाल काठमाडौँ उपत्यकासहित देशभरका १८ जिल्लामा ५ सयभन्दा बढी सङ्ख्यामा सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जानकारी गराएको छ ।