६ बैशाख २०८१, बिहीबार

३६ करोड नाघ्यो विश्वभर कोरोना संक्रमितको संख्या

corona world

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ३६ करोड नाघेको छ।

पछिल्लो २४ घण्टामा ३३ लाख ४९ हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३६ करोड २७ लाख नाघेको हो।

योसँगै विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ करोड नाघेको छ। जसमध्ये ९६ हजारको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

पछिल्लो २४ घण्टामा १९ लाख ७० हजार निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २८ करोड ६५ लाख नाघेको छ।

यस्तै २४ घण्टामा ९ हजार ७ सयको मृत्यु भएको छ। योसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख ४४ हजार पुगेको छ।