४ बैशाख २०८१, मंगलवार

परमादेशबाट बनेको सरकार अहिले पनि त्यही बाटोबाटै अघि बढ्न खोज्दैछ : महासचिव पोखरेल

Shankar Pokharel
फाइल फोटो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन दलहरु परमादेशकै धङ्धङीबाट अघि बढेको वताउनुभएको छ ।

प्रेस चौतारी दाङले बुुधबार घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै महासचिब पोखरेलले जनादेश विपरित परमादेशबाट बनेको सरकार अहिले पनि त्यही बाटो बाटैै अघि बढेको बताउनुभयो ।

उहाँले जनतामा जान डराउने गठबन्धनले आफ्नो आयुु लम्ब्याउन कानुुन माथी प्रश्न उठाउँदै निर्वाचनको मिति सार्ने रणनीतिमा लागेको बताउनुभयो । लोकतन्त्र, विकास र राष्ट्रिय स्वाधिनताको मुुद्धामा असफल भएको टिप्पणि गर्दै उहाँले अब खण्डित जनादेशको विकल्प जनतामा जाने र चुनाब गराउने नै भएको उल्लेख गर्नुभयो ।

सरकारले मस्यौदा बनाई संसदमा बिधेयक पेश गरेर संसदले बनाएको कानुन माथी नै प्रश्न उठाउने काम सरकारले गरेको प्रति आपत्ति जनाउनुभयो ।

तत्काल चुनाबको मिति घोषणा गर्न समेत उहाँले माग गर्नुभयो । गठबन्धनसँग एमाले एक्लै चुनाव लड्न तयार रहेको तर कानुन माथि दाग लगाएर चुुनावबाट भाग्न भने नपाईने स्पष्ट पर्नुभयो । एमालेको बिरुद्धमा लाग्ने नै भए गठबन्धनबाट चुनाबी मैदानमा आउन चुुनौती समेत दिुनुभयो ।

उहाँले अर्को तर्फ राष्ट्रियताको बिषयमा सरकार नालायक बनेको टिप्पणि गर्नुभयो । तुईन चुडाएर नेपालीलाई नदिमा खसाउने र नेपाली भूमिमा सडक बनाउने भारतको रबैयाको नेपाल सरकार रमिते बनेको आरोप लगाउनुभयो ।

साथै पुुष्पकमल दाहाल र माधब नेपालले कम्युुनिष्ट र समाजबादको कुरा गरे पनि उनिहरु पूँजीबादको हिमायती भएको वताउनुभयो । त्यसैगरी, कोरोना महामारी नियन्त्रणमा सरकार चुुक्दै गएको उल्लेख गर्नुभयो ।

२० लाख खोप हराउने, खोप र सिरिन्जको अभाब गराउने तथा संक्रमण रोकथामका अपनाउनुपर्ने उपाय सँगै संयन्त्रलाई निष्कृय पार्ने कामले सरकार असफल भएको उहाँको ठम्याई छ ।