१२ बैशाख २०८१, बुधबार

कोरोनाले नेपालमा एकै दिन पाँच जनाको निधन, ८४५४ संक्रमित थपिँदा ४४३३ संक्रमणमुक्त

corona insurance

नेपालमा ८ हजार ४ सय ५४ कोरोना संक्रमित थपिएका छन् भने थप पांच जनाको निधन भएको छ ।

१३ हजार ५ सय ४९ जनाको पीसीआर परीक्षणमा ८ हजार ५४ र छ हजार ८ सय १० जनाको एन्टीजेन परीक्षणमा दुई हजार ८ सय ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो कूल परीक्षणको ४१ दशमलब पांच दुई प्रतिशत हो । थप पांच जनाको निधन भएसंगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ११ हजार ६ सय ७२ पुगेको छ ।

पछिल्लो पटक ४ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या बढेर ९० हजार ६७ पुगेको छ ।

पछिल्लो पटक २ लाख ५६ हजार ४ सय १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।