७ बैशाख २०८१, शुक्रबार

अपडेट राष्ट्रियसभा निर्वाचन: लुम्बिनीबाट गठबन्धनका उम्मेदवार विजयी

lumbini rastriya sabha uSjiEjw7js

लुम्बिनी प्रदेशको दाङमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता युवराज शर्माले ४ हजार ३४४, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरेले ४ हजार ३७४ र जनमोर्चाको तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्माले ४ हजार ३५६ भोट ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी गराउनुभयो ।

प्रतिपक्षी दल नेकपा (एमाले)बाट लुम्बिनीमा अन्यतर्फ दाङका रामदयाल गुप्ताले ३ हजार ३७८ मत ल्याउनुभएको छ, महिलातर्फ बाँकेकी भारती उपाध्याय खनालले ३ हजार ३१२ र दलिततर्फ गुल्मीका कृष्ण सुनारले ३ हजार ३४८ मत ल्याउनुभएको छ ।

लुम्बिनी प्रदेशमा प्रदेश सांसद ८१ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१५ गरी २९६ मतदाता रहेकामा २९४ मत खसेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सांसदतर्फ ८१ जनाले नै मतदान गरेका छन् । स्थानीय तहतर्फ २१५ मध्ये २१३ जनाले मतदान गरेका छन् ।

राप्रपाबाट निर्वाचित नेपालगञ्जका मेयर धवल शमसेर राणा र एक जना राप्रपाकै मतदाता उपस्थित नभएको जनाइएको छ । मतदानका लागि प्रदेश सांसद र स्थानीय पालिकाको छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको थियो ।