१३ बैशाख २०८१, बिहीबार

पाँच दलीय गठबन्धनका सबै उम्मेदवार कर्णाली प्रदेशबाट विजयी

karnali

राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशबाट सत्तारुढ पाँच दलीय गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।

कर्णाली प्रदेशमा ३ सिटका लागि ६ जनाको उम्मेदवारी परेको थियो । बुधवार भएको मतदानमा महिला तर्फ सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका दुर्गा गुरुङ विजयी हुनुभएको छ । उहाँले एमालेका गंगा थापालाई पराजित गर्नुभएको हो ।

यस्तै अपाङ्गता वा अल्पसंख्यक तर्फबाट गठबन्धनबाट माओवादी केन्द्रका नरबहादुर विष्ट विजयी हुनुभएको छ । एमालेका पदमबहादुर माझीलाई पराजित गर्दै विष्ट विजयी हुनुभएको हो ।

यसैगरी, अन्य समूह तर्फको एक सिटमा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहोरा विजयी हुनुभएको छ । बोहराले एमालेका चुडामणि शर्मालाई पराजित गर्नुभएको हो ।