७ बैशाख २०८१, शुक्रबार

नेपालको आर्थिक वृद्धि ५.३ प्रतिशतमा सीमित हुने ‘एडीबी’को प्रक्षेपण

asian development bank

चालू आर्थिक वर्ष २०७६र७७ मा नेपालको आर्थिक वृद्धि ५.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ ।

एसियाली विकास बैंक (एडीबीको) ‘एसियन डेभलपमेन्ट आउटलुक २०२०’ ले उक्त प्रक्षेपण गरेको हो । अघिल्लो वर्ष ७.१ प्रतिशत रहेको थियो ।

नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक मुख्तर खामुद्खानोभले ‘कोभिड–१९’ महामारीको विश्वव्यापी विस्तार र यसको संक्रमण नियन्त्रणका लागि आवश्यक देशव्यापी बन्दले अर्थतन्त्रमा नकारात्मक असर पार्ने उल्लेख गरेका छन् ।

औद्योगिक र सेवा क्षेत्रले आपूर्तिमा अवरोधको सामना गर्नुपर्ने छ । आर्थिक वर्षको अन्तिम त्रैमासमा आन्तरिक माग घटाउने गरी विप्रेषण घट्ने सम्भावना रहेको छ । धानको उत्पादन कम भएका कारण पनि आर्थिक वृद्धि कम रहने अनुमान गरिएको छ ।

कोभिड–१९ का कारण अवस्था अरु बिग्रियो भने आर्थिक वृद्धि अहिले अनुमान गरिएभन्दा अरु कम हुन सक्नेसमेत एडीबीले जनाएको छ ।

‘नेपाल म्याक्रो इकोनोमिक अपडेट’मा उल्लेख भएअनुसार कोभिड–१९ को महामारीका कारण उत्पादन र आपूर्ति शृंखलामा आउने अवरोधका कारण मुद्रास्फीति ६.० प्रतिशत वृद्धि हुनेछ । जुन अघिल्लो वर्ष ४.६ प्रतिशत थियो ।