१६ चैत्र २०८०, शुक्रबार

अभिनेता अक्षय कुमारले हालै मुम्बईमा नयाँ आलीशान अपार्टमेन्ट किने

akshay kumar buys a new house

बलिउड अभिनेता अक्षय कुमारले हालै मुम्बईमा नयाँ आलीशान अपार्टमेन्ट खरिद गरेका छन् । उनले समुद्री किनारमा रहेको जोय लेजेन्ड भवनको १९औं तलामा १८७८ वर्ग मिटरमा फैलिएको आलीशान फ्लाट खरिद गरेका हुन् ।

उनको यो अपार्टमेन्ट ‘प्राइमबीच’ बिल्डिङमा छ । जो समुद्र किनारमा रहेको छ । उनको फ्लाटबाट समुद्रको सुन्दरता देख्न पाइन्छ । आफ्नो नयाँ फ्लाइटको बारेमा ट्विंकल खन्नाले भनृकी छिन्, ‘समुद्रको आसपास जति पनि सुन्दरता हुन्छ त्यसको सबै मजा घरको रेलिङबाट सूर्यास्तसम्म लिन पाइन्छ ।’ कोइमोईको रिपोर्ट अनुसार अक्षय कुमारले उक्त नयाँ फ्लाट ७/८ करोड भारतीय रुपैयाँमा जनवरी पहिलो साता खरिद गरेका हुन् । उनले खरिद गरेको फ्लाटमा चारवटा अत्याधुनिक लक्जरी कोठा छन् । चारवटा कार पार्किङ गर्न मिल्ने ठाउँ छ ।

नयाँ खरिद गरेको घरमा उनकी आफ्नी पत्नी ट्विंकल खन्ना, छोरी नितारा र छोरा आरवसँगै बसोबास गर्छन । अक्षय कुमारले खरिद गरेको यो दोस्रो घर हो । यसअघि आफूलाई फोटो खिच्न नदिएर सुरक्षा गार्डले हप्काएर निकालेको घर नै उनले खरिद गरेका थिए । उनी त्यो बेला बलिउडमा आइसकेका थिएन् । अक्षय त्यो बेला एक चिरपरिचित फोटोग्राफरका ‘असिस्टेन्ट’ रहेका थिए ।

अक्षय ती फोटोग्राफरसँग उनको हाल घर भएको ठाउँ (जुहुबीच) मा फोटा खिच्ने काममा सघाइरहेका थियो । अक्षयलाई यो कामका लागि पैसाको साटो यहीँ फोटो सुट गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो ।