१६ चैत्र २०८०, शुक्रबार

खर्च जोगाउन तीनै तहको चुनाव एकै पटक गर्नुपर्छः माधवकुमार नेपाल

madhav nepal
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकै पटक हुनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले खर्च जोगाउनका लागि भए पनि तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने बताएका हुन् ।

एकै पटक निर्वाचन गरे उम्मेदवारको पनि खर्च कम हुने उनले बताए । संविधानलाई सर्वोपरि राखेर कानूनअनुरुप नै निर्वाचन हुनुपर्नेमा आफूहरूको जोड रहेको अध्यक्ष नेपालले दाबी गरे ।

उनले राष्ट्रियसभा निर्वाचनमा सबै सिट गठबन्धन दलले जित्ने दाबी पनि गरे । राष्ट्रियसभाको निर्वाचनको परिणामले तरङ्ग पैदा गर्ने अध्यक्ष नेपालले टिप्पणी गरे ।