१३ बैशाख २०८१, बिहीबार

‘देशमा भ्रष्टाचार, महँगी बढेर जनसंख्या बढ्न डराएछ’

deepak raj giri

२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

कलाकार दीपकराज गिरीले राष्ट्रिय जनगणना–२०७८ को बिषयमा सामाजिक सञ्जालमा एक ब्यङ्ग्यपूर्ण पोष्ट गरेका छन् । सार्वजनिक प्रारम्भिक नतिजा अनुसार मुलुकको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ ।

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेकामा एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१.०४%) र एक करोड ४२ लाख  ९१ हजार ३११ जना पुरुष (४८.९६%) रहेका छन् ।

यस अघि बोलीचालीको भाषामा भने सबैले जनसंख्या ३ करोड भनेर बर्षौंदेखि भन्दै आएका छन् ।

जनसंख्याको यो प्रारम्भिक नतिजालाई लिएर सर्वसाधारणले सामाजिक सञ्जालमा बिभिन्न थरिका टिका टिपणी पोष्ट गरिरहेका छन् । दीपकले पनि जनसंख्याको प्रारम्भिक नतिजालाई भ्रष्टाचार महँगी, गरिबी, हत्याहिंसासँग जोडेर व्यङ्ग्यपूर्ण टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘१० बर्ष भो ३ करोड जनसंख्या भनेको! आज पनि २ करोड ९१ लाख मात्रै पो रहेछ !! देशमा भ्रष्टाचार,महंगी,गरिबि , हत्या हिंसा बढेको देखेर होला जनसंख्या बढ्न डराएछ गॉठे !!’