१६ चैत्र २०८०, शुक्रबार

मतदान सुरु राष्ट्रिय सभा निर्वाचन कर्णाली प्रदेशमा

61f0d1f2d267c karnali matdan

राष्ट्रिय सभा निर्वाचनको लागि कर्णाली प्रदेशमा मतदान सुरु भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तोकिएको अस्थायी मतदान केन्द्र वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान सुरु भएको हो ।

कर्णाली प्रदेशमा तीन सदस्यका लागि लागि छ जनाको उम्मेदवारी परेको छ । कर्णालीमा एक महिला, अन्य एक र अपाङ्गता् ÷अल्पसङ्ख्यक कोटामा गरी तीन सदस्यका लागि मतदान सुरु भएको हो ।

निर्वाचनका लागि कर्णाली प्रदेशमा तीन दलीय गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा छ । कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजबादी) पार्टीले गठबन्धन गराएका छन् ।

एमालेबाट सुर्खेतका चुडामणी शर्मा (खुला), जुम्लाकी गंगा महत(महिला) र दैलेखका पदमबहादुर माझी ( अल्पसंख्यक) उम्मेदवार रहनु भएको छ ।

गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा माओवादी केन्द्रका नरबहादुर बिष्ट(सुर्खेत) र नेकपा एकिकृत समाजबादीका उदय बोहोरा(सल्यान) उम्मेदवार रहनु भएको छ । गुरुङ महिलाबाट, बिष्ट अपांगताबाट र बोहोरा अन्यबाट उम्मेदवारी दिनु भएको हो ।

कर्णालीमा गठबन्धन बलियो देखिएको छ । कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता गरी १९१ रहेका छन् ।