१ जेष्ठ २०८१, मंगलवार

प्रारम्भिक नतिजा सार्वजनिक गरिँदै जनगणनाको

census 2078 nepal 1024x653 1

केन्द्रीय तथ्यांक विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरिँदैछ । भर्चुअल पत्रकार सम्मेलन विभागले आज बुधबार गत मङ्सिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो ।

आज परिवार सङ्ख्या, महिला र पुरुषसहित जम्मा जनसङ्ख्या, विदेशमा रहेकाहरूको सङ्ख्या लगायतको तथ्यांक आज सार्वजनिक गर्न लागिएको हो ।
जनगणनाको विस्तृत नतिजा भने आठदेखि नौ महिनामा सार्वजनिक हुने विभागका उपनिर्देशक हेमराज रेग्मी बताउनुहुन्छ ।