६ बैशाख २०८१, बिहीबार

बढ्यो संक्रमण, छैन सर्तकता

corona contract tracing

कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट बच्न मास्क लगाउने र भौतिक दूरी कामय राख्ने बिषयलाई अनिवार्य गरे पनि नागरिक स्तरबाट भने बेवास्ता भइरहेको बताएका छन् ।

विशेषगरी भिडभाड अत्यधिक भएका बजार क्षेत्रमा नागरिकहरूको मास्क लगाउने गरेका छैनन् । जान्ने बुुझ्नेहरूबाटै स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा अटेरी गर्दा कोरोना संक्रमण नियन्त्रणमा चुनौति थपिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

यसैक्रममा कोरोना जोखिम न्यूनिकरणका लागि दाङमा प्रहरीले सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । बढ्दो कोरोना जोखिमका बेला पनि मास्क नलगाउने र भिडभाड गर्नेहरूलाई प्रहरीले सम्झाउने गरेको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

जिल्लाभरी नै बजार क्षेत्रमा प्रहरीहरू परिचाल भई कोरोना जोखिमका बारेमा जानकारी गराउने, अनिवार्य मास्क लगाउने र भिडभाड नगर्ने कुरामा सचेत पार्दै आएको उनको भनाइ छ ।

प्रहरी टोलीले घोराहीका विभिन्न क्षेत्रहरू तुलसीपुर चोक, शहिद गेट लगायतका स्थानहरूमा तपाईंको मास्क खोई भन्ने अभियानलाई निरन्तरता दिएको छ । मास्क नलगाएर हिडेका दर्जनौं नागरिकहरूलाई कोरोना जोखिमको बारेमा बुझाउँदै अटेरी नगर्न र स्वास्थ्यको विशेष ख्याल गर्न सुुझाव दिईने गरिएको छ ।