१३ बैशाख २०८१, बिहीबार

सिमकोट विमानस्थलमै रोकिए हिमपातका कारण सीता एयरका दुई जहाज

61ee71d7bdd47 humla biman

हुम्लामा आइतबार दिउँसोबाट हिमपात सुरु भएपछि सीता एयरका दुई वटा जहाज सिमकोट विमानस्थलमै रोकिएका छन् । खाद्यन्न ढुवानी गरि रहेका दुई जहाज हिमपात र बाक्लो कुहिरोका कारण सिमकोट विमानस्थलमै रोकिएका हुन् ।

सुर्खेतबाट खाद्यान्न ढुवानी गरेर सिमकोट विमानस्थलमा अवतरण गरेलगत्तै हिमपात सुरु भएपछि सीता एयरका दुई वटा जहाज विमानस्थलमै रोकिएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।

दुवै जहाज अवतरण गरेलगत्तै बाक्लो हिउँ पर्न सुरु हुनु र कुहिरो लागेपछि जहाजले उडान भर्न सक्ने अवस्था नरहेको नागरिक उड्डयन प्राधिकरण सिमकोटले जनाएको छ ।

हिउँ पर्न सुरु भएपछि सीता एयरका कर्मचारीले दुवै जहाजलाई पालले छोपेर राख्नुपरेको थियो । मौसममा केही सुधार आएपछि सोमबार बिहानबाट रन वेको हिउँ गाडीबाट पन्छाएर सफा गर्ने कार्य भइरहेको छ ।

त्यसपछि मात्र दुवै जहाजले उडान भर्न पाउनेछन् । गतवर्ष यस्तै गरी हिमपातकै कारण तारा एयरका दुई वटा जहाजले सिमकोटमै रोकिनुपरेको थियो ।

IMG 5106