११ बैशाख २०८१, मंगलवार

६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि, थप चार जनाको निधन

corona insurance

नेपालमा पछिल्लो पटक ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षण घट्दा संक्रमितको संख्या पनि घटेको छ ।

१३ हजार ३ सय ७७ पीसीआर परीक्षणमा ५ हजार ५ सय ९८ र चार हजार ६० एन्टीजेन परीक्षण गर्दा ८ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १७ हजार ४ सय ३७ नमुना परीक्षण गरिएको हो ।

यस्तै नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको ३२ मध्‍ये २८ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । ४ जनामा डेल्टा भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक एक हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् । देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन्। ४ जनाको निधन भएको छ ।

यो सँगै देशभर कोरोनाबाट निधन हुनेको संख्या ११ हजार ६ सय ५५ पुगेको छ । पछिल्लो पटक ४९ हजार ४ सय ७३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन ।