८ बैशाख २०८१, शनिबार

क्यान्सर पीडित महिलाको जिब्रोमा राैं पलायाे

Black tongue
सांकेतिक तस्विर

एक महिलाको जिब्रोमा क्यान्सर देखिएपछि एक भाग चिकित्सकले काटेर फालिदिए । उनको जिब्रोको काटिएको भागमा खुट्टाको टिश्यू निकालेर लगाइएको थियो । यसो गर्दा उनको जिब्रोमा रौं पलाउन थाल्यो ।

डेली स्टारको खबरका अनुसार ४२ वर्षकी क्यामरुन न्यूसोमको जिब्रोमा स्किन क्यान्सर भएको थियो । यसका कारण उनको जिब्रोको एक हिस्सा हटाउनु पर्यो । फेरि खुट्टाको एक भाग काटेर उनको जिब्रोमा प्रत्यारोपण गरियो । तर हालैका दिनमा उनी जिब्रोमा रौं पलाएर हैरान छन् ।

अमेरिकाको कोलोराडोका बसोबास गर्ने क्यामरुनले आफूलाई क्यान्सर भएको थाहा पाएपछि ७ पाउण्ड वजन कम भएको थियो । उनी यही चिन्ताले केही खान र पिउन सकिरहेकी थिइनन् ।

उनले आफूलाई क्यान्सर लागेको ती वर्षपछि मात्र थाहा पाएकी थिइन् । उनलाई एकपटक त लाग्यो कि उनी मृत्युको मुखमा छन् । फेरि उनले क्यान्सरका विरुद्ध लड्ने ठानिन् । त्यतिखेर उनको उमेर ३३ वर्षको थियो ।

धेरै पटकको किमोथेरापी पश्चात उनको जिब्रोको ट्यूमर निकालियो । करीब ९ घण्टासम्म उनको अपरेसन भएको थियो । उनको काटिएको जिब्रोमा खुट्टाको मांशपेशी लगाइएको थियो । जसका कारण उनको जिब्रोमा रौं उम्रियो । उनले स्वाद पनि फरक पाउने गरेको बताइन् ।