८ बैशाख २०८१, शनिबार

सबै निर्वाचन समयमै हुनुपर्छ: नेता सिंह

Prakashman Singh
फाइल फोटो

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि सङ्घीय संसद्सम्मका निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ ।

गणेशमान सिंह फाउन्डेसनले आज चाक्सीबारीमा आयोजना गरेको डाक्टर मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ को लोकार्पण कार्यक्रममा नेता सिंहले स्थानीय तहको निर्वाचन संविधान बमोजिम हुनुपर्नेमा जोड दिनुभयो ।

नेता सिंहले संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँच दलीय गठबन्धन सरकारको सबैभन्दा महत्त्वपूर्ण कार्य भएको बताउनुभयो ।

नेता सिंहले झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको नेकपा एमालेको सरकारले जनताले दिएको म्यान्डेटअनुसार काम गर्न नसकेको र संविधान विपरीत गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्याक’ मा ल्याउन गठबन्धन बनेको प्रस्ट पार्नुभयो ।