७ बैशाख २०८१, शुक्रबार

कोरोनाले नेपालमा एकै दिन १६ जनाको निधन,१० हजार २ सय संक्रमित थपिए

corona hotwater

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएकोमा १० हजार २५४ जनामा संकमण पुष्टि भएकाे हाे ।

१४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।

विगत २४ घण्टामा थप १६ जनाको निधन भएको छ। याेसँगै नेपालमा काेराेना संक्रमणबाट निधन हुनेकाे संख्या ११ हजार ६५१ पुगेकाे छ ।

त्यस्तै, एकैदिन ७०८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले दिएकाे जानकारी अनुसार हाल ७२ हजार ८६२ संक्रिय संक्रमित रहेका छन् ।