१५ चैत्र २०८०, बिहीबार

कोरोना संक्रमणबाट थप १६ जनाको निधन, १० हजार २५४ जनामा संक्रमण पुष्टि

corona insurance

कोरोना संक्रमणबाट थप १६ जनाको निधनभएको छ ।

पछिल्लो पटक १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ११ हजार ६ सय ५१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार एक सय ८७ जनाको नमूना परीक्षण गर्दा ५० दशमलव ९७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणबाट ८ हजार २ सय १२ र एन्टिजेन परीक्षणबाट २ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा ५ हजार ३ सय ६ संक्रमित थपिएका छन्। काठमाडौंमा ३ हजार ७ सय ६२, भक्तपुरमा ४ सय ३४ र ललितपुरमा एक हजार एक सय १० संक्रमित थपिए।

काठमाडौं उपत्यकाबाहिर सबैभन्दा धेरै कास्कीमा चार सय, मोरङमा दुई सय ७३, सुनसरीमा दुई सय १२, कैलालीमा एक सय ७०, चितवनमा एक सय ५३, रुपन्देहीमा एक सय ४९, बाँकेमा एक सय ४८ मकवानपुरमा एक सय ४७ र काभ्रेमा एक सय एक जना संक्रमित थपिएका छन् ।

पछिल्लो पटक सात सय ८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८ सय ६२ पुगेको छ ।

पछिल्लो पटक एक लाख ९६ हजार आठ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।