१३ बैशाख २०८१, बिहीबार

देशभरका न्यायालयहरु भोलि बन्द रहने

Supreme Court 43KnAVGEAY

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा भोलि देशभरका न्यायालयहरु बन्द हुने भएका छन् ।

सर्वोच्च अदालतले विज्ञप्ती जारी गर्दै पूर्वप्रधानन्यायाधीश शर्माको शोकमा भोलि जिल्ला, उच्च तथा सर्वोच्च अदालतसहित न्यायालयहरु बन्द रहने जानकारी दिएको छ ।

पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार निधन भएको थियो । विदेशमा रहेका परिवारका सदस्यहरु काठमाडौं आएपछि शर्माको अन्त्येष्टि आज गरिएको हो ।

सर्वोच्च अदालतको आकस्मिक फुलकोर्ट बोलाएर देशैभरका न्यायालयहरुमा विदा दिने निर्णय गरिएको हो ।

शर्मा २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश हुनुहुन्थ्यो ।