८ बैशाख २०८१, शनिबार

निष्कर्ष सत्ता गठबन्धनको: तीनै तहको निर्वाचन एकै पटक

gathabandhan meeting

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वर्ष निर्वाचन हुने भएकाले पूर्वतयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन दिए लगत्तै बसेको सत्ता गठबन्धनले तीनै तहको निर्वाचन एकै चरणमा गर्ने समझदारी जुटाएको छ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव अनुसार तीनै निर्वाचन एकै पटक गर्ने समझदारी जुटाइएको हो।

बैठकमा सहभागी एकीकृत समाजवादी नेता गंगालाल तुलाधरका अनुसार तीनै तहको चुनाव एकैचोटी गर्ने तर निर्वाचन आयोगले प्रस्ताव गरेको वैशाखमा भने गर्न नसकिने निष्कर्ष निकालिएको हो। बैठकमा तीनै तहको चुनावका लागि २०७९ मंसिर महिना उपयुक्त हुने निष्कर्षमा सत्ता साझेदार नेताहरु पुगेका छन्।

२०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो। तर कुन मितिलाई अन्तिम मान्नेबारे कानूनविद, संविधानविद् र निर्वाचन आयोगसँग परामर्श गरेर निष्कर्ष निकाल्ने सहमति भएको छ, नेता तुलाधरले भने, संघ, प्रदेश र स्थानीय निर्वाचन मंसिरमा एकै पटक गर्ने अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव अनुमोदन भएको छ।