१२ बैशाख २०८१, बुधबार

जिप्रका मकवानपुरद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगित

jilla prasasan 1024x682 1

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारदेखि आफ्नो कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ ।

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै माघ ९ गते आइतबारबाट माघ १४ गते शुक्रवार सम्मलाई अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले शुक्रवार विज्ञप्ति जारी गर्नुहुँदै नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, सङ्घसंस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचयपत्र सेवा स्थगित गरिएको जानकारी गराउनुभएको छ ।

कार्यालयका कर्मचारीहरू समेत कोरोना संक्रमित हुन गई उपचार एवम् होम आइसोलेसनमा रहेको हुँदा सेवाग्राहीको चापलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको सहायक प्रजिअ गैह्रेले बताउनुभयो ।

शान्ति सुरक्षा, विपद्, मुद्दा, राहदानी सम्बन्धी अत्यावश्यक सेवा भने नियमित हुने उहाँले बताउनुभयो ।