
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचनदेखि भाग्न खोजेको आरोप लगाएका छन्।
सत्ता गठबन्धनका दलभित्र अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनभन्दा पहिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने कि भनेर प्रस्ताव राखेको खबर सार्वजनिक भइरहेका बेला बाँस्कोटाले प्रचण्डविरुद्ध खरो टिप्पणी गरेका हुन्।
‘संसारभर नै बुलेटबाट उदाएका उग्रवामपन्थीले भोगेरै छोड्ने दक्षिणपन्थी विसर्जनवादी यात्राको सकसपूर्ण तर अन्तिम खुट्किलोमा छन्– प्रचण्ड’, पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनतामा हैन विदेशीमा भर, सिद्धान्त र संगठनमा होइन गठबन्धन र षडयन्त्रमा जोड। यस्तो भएपछि हरेक बुलेटे ब्यालेटसँग भाग्छ। शून्यतामा शक्ति आर्जनको सपना नदेख।’