१६ चैत्र २०८०, शुक्रबार

सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक सकियो, भोली सर्वदलीय बैठक

gathabandhan meeting

सत्तारुढ राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । चुनावबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बैठक बसेको थियो ।

यस्तै भोली सर्वदलीय बैठक बोलाइएको छ । आजको बैठकमा सत्तागठबन्धनका पाँच दलका दुई–दुई जना र एक मन्त्रीसहित ११ जना सहभागी थिए । गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिमा पौडेल संयोजक छन् ।

बैठकमा वैशाखमा स्थानीय, संघीय र प्रदेशमध्ये कुन चुनाव गर्ने भन्ने छलफल भएको छ । निर्वाचन आयोगले वैशाखभित्रमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै मिति सिफारिस गरिसकेको अवस्थामा गठबन्धन दलबीच सहमति जुट्न सकेको बाँकी छ ।