११ बैशाख २०८१, मंगलवार

मुकुण्डो उतारिदिने समीक्षा अधिकारीको धम्की !

pal smi

गायिका समीक्षा अधिकारीले बिहीबार बेलुका राखेको एउटा स्ट्याटसले मनोरञ्जन वृत्तमा तरंग आएको छ । ४ महिना अघि आफैँले लेखेको एउटा स्ट्याटस कसैका लागि लेखिएको भन्ने आसयको स्ट्याटस आएपछि धेरैका कान ठाडा भएको हुन् । उनले ४ महिना पुरानो स्ट्याटसको स्क्रिनसट राख्दै उसबेला लेखिएका कुरा वास्तविकताभन्दा धेरै टाढा रहेको र कसैको अनुनयमा लेखिएको बताएकी छिन् ।

समीक्षाको त्यो स्ट्याटस त्यतिबेला आएको थियो जतिबेला पल शाह र समीक्षाबीच अफेयर रहेको र समीक्षा नाबालिग रहेका कारण विवाह गर्न नमिलेर केही सम्झौताहरु गरिएको चर्चा व्यापक थियो । केही अनलाइनमा उनीहरुको यही सम्बन्धलाई लिएर समाचार प्रकाशित भएपछि पल र समीक्षा दुवैले पालैपालो स्ट्याटस राखेका थिए ।

समीक्षाले लेखेको स्ट्याटसमा भने आफ्नोभन्दा पलको करिअरको चिन्ता ज्यादा थियो । धेरैले उतिबेलै पनि स्ट्याटस पलको निर्देशनमा पललाई फाइदा पुग्ने किसिमले आएको अनुमान गरेका थिए जुन कुरा समीक्षाले बिहीबारको स्ट्याटसमा स्पष्ट रुपमा उल्लेख गरेकी छिन् । तर बिहीबारबाहेक पनि समीक्षाले तीन दिनअघि केही स्ट्याटस राखेकी छिन् जहाँ उनले मुकुण्डो उतारिदिने धम्की दिएकी छिन् । योभन्दा अघि अर्को एउटा स्ट्याटसमा नारीलाई कमजोर नठान्न चेतावनी दिएकी थिइन् ।

तीन चार दिनमा आएका यी स्ट्याटसले समीक्षा र पलको सम्बन्धका ग्राफ बताउँछन् । आफूहरुको समाचार आएपछि पलले ड्यामेज कन्ट्रोल गर्न समीक्षालाई प्रयोग गरेका थिए तर समय बित्दैजाँदा पलले यो प्रकरण सेलाएको ठानेर समीक्षालाई बेबास्ता गर्न थालेको र यसैले दुवैबीच विवाद बढ्दै गएको दुवै निकटस्थहरुको अनुमान छ । अनि पहिला पनि पलले यसरी बेबास्ता गर्दा नै समीक्षा सहारा खोज्दै पल र आफ्नो सम्बन्ध पल निकटकालाई बताउन पुगेकी थिइन् र यहीँबाट यो कुरा भाइरल भएको थियो । पलसँग एकदमै निकटमा रहेर काम गरिरहेकाले नै पल र समीक्षाको सम्बन्ध खुसुखुसु बताउँदै मिडियासम्म पुर्याएका थिए ।

समीक्षाले स्ट्याटस राखेर पललाई धम्क्याउन खोजेको स्पष्ट छ । तर फेरि पनि यो प्रकरण सामाजिक सञ्जालमा मात्र तातेर शान्त हुन्छ कि अलिग अगाडि पनि बढ्छ त्यसका लागि केही समय कुर्नुपर्ने हुन्छ । तर समीक्षाका स्ट्याटसले मिलनबिन्दुको सम्भावनाबाट सम्बन्ध पर रहेको संकेत गर्छन् ।