१३ बैशाख २०८१, बिहीबार

(पूर्णपाठसहित) आगामी एक वर्षभित्रै तीनै तहको निर्वाचन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री देउवा

pm adress nation

प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्रमा तीनवटै तहको निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

आज अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रमा तीन वटै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको हो । उहाँले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको भन्दै निर्वाचनको पूर्व तयारीका कामहरु सम्पन्न गर्न सम्बन्धित निकायहरुलाई निर्देशन समेत दिनुभयो ।

प्रधानमन्त्री देउवाले संसदमा भएका सबै राजनीतिक दलहरुसँग संवाद र सहमतिका माध्यमबाट संसदको गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निस्कर्षमा पु¥याइने पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ प्रकारको भेरियन्टले नागरिकको स्वास्थ्यमा जटिल समस्या थपेको भन्दै यसको नियन्त्रण र निदानको लागि सरकारलाई आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि अनुरोध गर्नुभयो ।

उहाँले सरकारले संविधानको कार्यान्वयन, कानूनी राज्य र सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिन बिस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमतिको कार्यान्वयन गर्ने, राजनीततक दलहरूको सहमतिमा नागरकिताको समस्याको समाधान गर्ने, संघीयता कार्यान्वयन एवं प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च मूल्यांकनमा राखेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले आगामी चैत्र मसान्तसम्म खोप लगाउन योग्य सबै नेपालीहरुलाई निःशुल्क खोपको पूर्ण मात्रा उपलब्ध गराउने पनि बताउनु भयो ।

उहाँले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि तीन वटै सरकारसँग समन्वय र सहकार्य बढाइएको बताउनुभयो । उहाँले स्वास्थ्य प्रणालीमा साधन, श्रोत र जनशक्तिको अभाव हुन नदिने प्रतिवद्धतासमेत जनाउनुभयो ।

पूर्णपाठसहित

https://drive.google.com/file/d/1Y2J6uHVHIQM25cVz13LSGDMRpf5A7XAc/view