७ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, १०७०३ संक्रमित थपिँदा ७६६ संक्रमणमुक्त

corona insurance

पछिल्लो पटक नेपालमा १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

१८ हजार ६ सय १६ पीसीआर परीक्षणमा ८ हजार ८ सय १५ र ४ हजार ४ सय ७४ एन्टिजेन परीक्षणमा १ हजार ८ सय १८ जनामा संक्रमण पुष्टि भएको हो । एकै दिन १० हजारभन्दा बढी संक्रमण पुष्टि भएको आज लगातार चौथो दिन हो ।

काठमाण्डौंमा ४ हजार २ सय ७९, ललितपुरमा ५ सय ६७ र भक्तपुरमा ४ सय ५६ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

यो अबधिमा ३ जना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ११ हजार ६ सय ३५ पुगेको छ ।

७ सय ६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमित ६५ हजार ३ सय ७४ पुगेको छ ।

तीमध्ये झन्डै दुई तिहाई काठमाण्डौं उपत्यकामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अवधिमा देशभर ३ लाख ७४ हजार १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन ।