१३ बैशाख २०८१, बिहीबार

दोस्रो वा बुस्टर डोजमा फरक खोप किन लगाउनु हुँदैन ?

16254622971625462297
फाइल फोटो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो वा बुस्टर डोजका रुपमा पहिल्यै लगाएको खोप मात्र लगाउन आग्रह गरेको छ ।

अर्को खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्ने भएकाले पहिल्यै लगाएको खोप मात्र लगाउन आग्रह गरिएको
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताउनुभयो ।

उहाँले कोभिशिल्ड र अस्ट्रजेनेका खोपको बनावट एउटै भएकोले अस्ट्राजेनेकाको ठाउँमा कोभिशिल्ड, कोभिशिल्डको ठाएँमा अस्ट्रजेनिका लगाउँदा फरक नपर्ने बताउनुभयो । तर कोभिशिल्ड वा अस्ट्रजेनेका लगाएको व्यक्तिमा भेरोसेल लगाउन सरकारले सिफारिस नगरेको सहप्रवक्ता अधिकारीले बताउनुभयो ।

भ्याक्सिनले गर्ने प्रतिक्रिया फरक हुनसक्छ । त्यसले शरीरभित्र अरु प्रतिक्रिया जनाउन सक्ने खतरा रहेकोले पहिला लगाएको खोप मात्र लगाउन सिफारिस गरिएको प्रष्ट पार्नुभयो ।