
सिके राउतलाई मारिदिने अभिव्यक्ति दिने भौतिक तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न राष्ट्रिय युवा संघ नेपालले माग गरेको छ ।
युसा संघका मधेस प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै आपराधिक अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको हो ।
मन्त्रीलाई बर्खास्त गरी पक्राउ गर्न पनि युवा संघको माग छ ।
मन्त्री यादवको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै युवा संघले आज दिउँसो जनकपुरमा विरोध प्रदर्शन समेत गर्दैछ ।
