१२ बैशाख २०८१, बुधबार

त्रिविका जारी परीक्षाहरु स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

sher 69
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरु स्थगित गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिनुभएको हो ।

मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले परीक्षा हलमा सामाजिक दूरी कायम नगरेको र स्यानेटाइजर एथेष्टमात्रामा नभएको पाइएमा केही हप्ता परीक्षा स्थगितसमेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन दिनुभएको छ ।