१५ चैत्र २०८०, बिहीबार

पचास हजार नजिक संक्रिय संक्रमितकाे संख्या, कढाइका साथ स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

corona
फाइल फोटो

नेपालमा काेराेना संक्रमितकाे सक्रिय संख्या ५० हजारकाे नजिक पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार सार्वजनिक गरेकाे तथ्यांक अनुसा हालसम्म सक्रिय संक्रमितकाे संख्या ४७ हजार ९२९ रहेका छन् ।

मन्त्रालयका अनुसार हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या २८ र आइसियुमा १६९ जना रहेका छन् । होम आइसोलेशनमा ४६ हजार ५१५, संस्थागत आइसोलेशनमा एक हजार ४१४ गरी आइसोलेशनमा जम्मा ४७ हजार ९२९ जना संक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै, संस्थागत क्वारेन्टिनमा १२६ रहेका छन् ।

कोभिड सङ्क्रमण दैनिजक बढिरहेकाले सबै सङ्घसंस्थाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीको भनाइ छ । सभा, सम्मेलन र भेला सकेसम्म ‘भर्चुअल’ गर्ने र भौतिक उपस्थितिमै गर्नुपरेमा २५ जनासम्म मात्रैको उपस्थितिमा गर्नुपर्ने उहाँले बताउनुभयो । ती कार्यक्रमभन्दा पहिले सबैको परीक्षण गर्ने र खोप लगाएको सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्क्रमण रोक्नका लागि सार्वजनिक यातायात, हवाई सेवा, होटल, रेस्टुरेन्टलगायतले मापदण्डको पालना गर्न खाँचो छ ।”