६ बैशाख २०८१, बिहीबार

आउँदो वैशाखमा विवाह बन्धनमा बाँधिदै रेखा थापा

rekha thapa scaled
फाइल फोटो

अभिनेत्री रेखा थापा यस अघि विवाहको प्रश्नबाट वर्षेनी चर्चा चल्ने गरेको थियो । तर, अहिले आएर विवाह बन्धनमा बाँधिने भएकी छन् ।

उनी वर्ष २०७९ मा विवाह बन्धनमा बाँधिने तयारीमा रहेको स्रोतले जानकारी दिएको छ ।

यसअघि निर्देशक छवि ओझासँग सम्बन्धविच्छेद भएपछि थापाले यस्ता चर्चाहरुलाई साथ दिने गरेकी थिइनन् । विवाहको खबर हल्ला मात्रै भएको बताउन खोजेकी रेखालेले आगामी वर्ष हुने भनिएको विवाहको कुरालाई भने नकारिकी छैनन् ।

अभिनेत्री थापाले विवाहको खबर हल्ला मात्रै भएको बताउन खोजे पनि उनलाई विवाहबारे गरिएको प्रश्नमा यसअघिदेखि नै आफूले आगामि वर्ष विवाह गर्ने बताउँदै आएकी छिन् । आफूले विवाहबारे थप प्रश्न नआओस् भन्नका लागि पनि यस्तो जवाफ दिने गरेको उनले बताएकी छिन् ।

उनले अझै पनि आफ्नो विवाहबारे खुलेर कुरा गर्न नचाहे पनि पारिवारिक स्रोतका अनुसार उनको विवाह हुने निश्चित भइसकेको छ । रेखा आउँदो वैशाखमा विवाह गर्ने तयारीमा रहेकी छिन्, भने मिति फाइनल हुन अझै बाँकी रहेको छ ।