७ बैशाख २०८१, शुक्रबार

बाढीपीडितका लागि कर्णाली सरकारले गर्‍याे १२ कराेड निकासा

karnali sarkar

कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि १२ करोड निकासा गरेको छ ।

वि.सं. २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगङ्गा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि सो रकम निकासा गरिएको हो।

बाढीबाट एक हजार ४५ घरमा पूर्णरूपमा क्षति पुगेको थियो। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत ६१ लाख ८५ हजार राहत रकम पठाउनुभएको छ।

यस्तै, दुई करोड बराबरको विपद् सामग्री खरिद गर्न बोलपत्र आह्वान गरिएको छ। मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ७१८ वडाका एक हजार ५५ आयोजनाको छनोट भएको मुख्यमन्त्री शाहीले बताउनुभएको हो ।