७ बैशाख २०८१, शुक्रबार

कोरोना पुष्टि भएका ४० प्रतिशत मानिसमा दीर्घकालिन असर : अध्ययन

Corona Dischargde
सांकेतिक तस्विर

विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका ४० प्रतिशत मानिसमा दीर्घकालिन असर देखिएको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको मिशिगन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न ४० अध्ययनलाई विश्लेषण गरेर यो निश्कर्ष निकालेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

कोरोना भएर अस्पताल भर्ना भएका व्यक्तिमा दीर्घकालिन कोभिडको सम्भावना ५७ प्रतिशत देखिएको पनि अध्ययनले देखाएको छ । सङ्क्रमितमध्ये ४९ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा यस्तो समस्या देखिएको छ।

अध्ययनअनुसार एशियामा ४९ प्रतिशत, युरोपमा ४४ प्रतिशत र उत्तर अमेरिकामा ३९ प्रतिशतमा कोरोनापछि दीर्घकालीन समस्या देखिएको छ।