१२ बैशाख २०८१, बुधबार

निर्माताको विश्वास आर्यन माथि अझै घटेको छैन

madhusudan bhattarai and aryan sigdel

निर्देशक मधुसुदन भट्टराईको नयाँ फिल्ममा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् ।

आरआर फिल्म्स ब्यानरमा निर्माण हुन लागेको फिल्ममा सोमवार आर्यन र निर्माण टिमबीच कागजी सम्झौता भएको हो ।

‘डेस्टिनेशन काठमाडौं, ब्ल्याक, निर्भय’ जस्ता फिल्मका निर्देशन भट्टराईले नाम तय नगरिएको यो फिल्ममा आर्यनलाई लिएर काम गर्ने भएका हुन् । फिल्मलाई एक्सन र लभ स्टोरी जनरामा निर्माण गर्न लागिएको निर्देशक भट्टराईले जानकारी दिएका छन् ।

फिल्मका लागि नायिका र अन्य कलाकार केही दिनमा नै फाइनल हुनेछन्,’ उनले भने । यसअघि उनी निर्माण घोषणा गरेर राखेको फिल्म ‘हामी तीन भाई’ को छायांकन पूरा गर्ने योजनामा रहेका छन् ।

भोजपुरी नायक खेसारी लाल नआएपछि बर्जु महोत्सवमा तोडफोड, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

भट्टराई आउँदो बैशाखबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्देशक छन् । ‘हामी तीन भाइ’को छायांकन सकिएपछि आर्यनसँगको फिल्मको काम शुरु हुने उनले बताए । ‘हामी यो फिल्मको सम्पूर्ण छायांकन युरोपमा गर्दैछौं ।

यसअघि फिल्म ‘डिसेम्बर फल्स’को छायांकन सकाइसकेका आर्यनले कविराज गहतराजको निर्देशनमा बन्ने फिल्म ‘मिरर’ पनि साइन गरेका छन् । फिल्म ‘क्लासिक’ पछि उनले अभिनय गरेका फिल्महरु असफल हुँदा उनको स्टारडम भने केही वर्षयता खस्किएको छ । कमजोर बनेका तर, आर्यन माथि निर्माताको विश्वास अझै घटेको छैन ।