६ बैशाख २०८१, बिहीबार

स्थानीय तहको निर्वाचन कोरोना संक्रमणका बीच सम्भव छ ?

coronachina

निर्वाचन आयोग तथा दलहरु वैशाखमा स्थानीय तहको निर्वाचन गराउन छलफलमा जुटेका छन् । तर, कोरोना संक्रमण तीव्ररुपमा फैलिंरहँदा वैशाखमा निर्वाचन कतिको सम्भव होला ?

कोरोनाको पहिलो र दोस्रो लहरका कारण अस्पतालमा कठिन दिन बिताएको सम्झना पनि हामीसँग ताजै छ । अनि आफन्त गुमाएकाहरुलाई कोरोनाले दिएको चोट सायदै कसैले बिर्सेका होलान् ।

कोरोना कहरकै कारण सामाजिक र आर्थिक रुपमा धेरैले समस्या भोगिरहेका छन् । ओमिक्रोन संक्रमण शुरु भएसँगै फेरि कोरोनाको तेस्रो लहर शुरु भैसकेको छ । नागरिक पनि कोरोनाबाट बच्ने तयारी गर्दैछन् ।

हाल कोरोनाको ग्राफ हेर्ने हो भने दिनदिनै उकालो लागिरहेको छ । माघ १ गते ४ हजार ६ सय ३६, माघ २ गते ४ हजार ९ सय ६१, माघ ३ गते ६ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोनाको ग्राफ उकालो लागेको देखिन्छ ।

यसले नागरिकलाई झसंग बनाएको छ । मंगलबार सत्ता पक्षले नै वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति जनाएपछि निर्वाचनसम्म कोरोना कहर कस्तो होला रु भन्ने विषयमा पनि सोच्ने बेला आएको छ । यसको विषयमा संक्रामक रोग विज्ञ डाक्टर शेरबहादुर पुनको मत यस्तो छ ।

निर्वाचनका लागि नेता कार्यकर्ताले विभिन्न भेला सम्मेलन, प्रचारप्रसार गर्ने चलन छ । अझै पनि ६० प्रतिशत नागरिकले पूर्ण खोप लगाउन पाएका छैनन् । सरकारले चैत मसान्तसम्म खोप लगाइसक्ने लक्ष्य राखेपनि सबै नागरिकलाई खोप लगाइसक्ने छाँट देखिदैन ।

निर्वाचन नजिकिदै गर्दा, दलहरुको प्रचार–प्रसारले संक्रमण बढाउन सक्छ । तर, विज्ञहरुले प्रचार–प्रसारको विधि परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् ।

हुनत अनुशासित भएर चुनाव गर्ने हो भने कोरोनाको असर कम हुन्छ । तर नेताहरुले नै भेला, सभा, सम्मेलन गर्दै संक्रमण फैलिन मद्दत गर्दै आएका छन् ।

यस्तो अवस्थामा निर्वाचन मिति घोषणा भए दलहरुका गतिविधिले संक्रमण फैलिने निश्चित छ । त्यसैले सरकारले नागरिकको स्वास्थ्यको ख्याल गर्ने वा निर्वाचन ? बेलैमा सोच्ने कि ?