१५ चैत्र २०८०, बिहीबार

उपत्यकामा मात्रै पाँच हजार ५४९ जनामा कोरोना पुष्टि

610b7d44763b6 covid kathmandu

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै पाँच हजार ५४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट उपत्यकामा पाँच हजार ५४९ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौंमा ४००४, भक्तपुरमा ५७०, ललितपुरमा ९७५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै काठमाडौं जिल्लामा मात्र अहिलेसम्म दुई लाख ७५ हजार ५५ जनामा कोरोना पृष्टि भएको छ । जसमा दुई लाख ५५ हजार १०१ जना सङ्क्रमणमुक्त भएका छन् । मृत्यु हुनेको सङ्ख्या २२ सय ४५ पुगेको छ । सक्रिय संक्रमित संख्या १७ हजार ७०९ पुगेको छ।

भक्तपुरमा अहिलेसम्म ३२ हजार ५५२ जनामा कोरोना पुष्टि भएको छ। जसमा २९ हजार ७१८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । मृत्यु हुनेको सङ्ख्या ४३८ पुगेको छ भने सक्रिय सङ्क्रमित १३ सय ९६ जना रहेका छन् ।

ललितपुरमा अहिलेसम्म ५५ हजार ७६५ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ५० हजार ५८२ जना सङ्क्रमणमुक्त भएका छन् । मृत्यु हुनेको सङ्ख्या ७१२ छ भने ४४ सय ७१ जना सक्रिय सङ्क्रमित छन् ।